Prompt News

Rastriya Janamukti Party, Feedback

एमएस थापा मगर
वि.स. २०१९ वर्षदेखि निरन्तर राजनीतिमा कि्रयाशिल ६६ वर्षीय एमएस थापा मगर राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद हुनुहुन्छ । औपचारिक शिक्षा कानुनमा पुरा गर्नुभएका थापा इतिहासविदको रुपमा समेत परिचित हुनुहुन्छ । प्रस्तुत छ, थापासँगको कुराकानी ।

संवैधानिक समितिको वैठकमा आदिवासी\जनजाति, महिला र दलितको मुद्दा पराजित भयो हैन ?

हो, हामीले लाख कोशिस गर्दा पनि अन्य पार्टीमा रहेका आदिवासी जनजाति महिला दलितले आफ्नै समुदायको विरोधमा मत हाले । अरु त अरु जनजाति महासंघको नाम बेचेर सभासद बनेको पासाङ शेर्पाले समेत जनजातिलाई अधिकार दिनु हुँदैन भनेर मत दिए । पासाङले जनजातिले लेखेको राष्ट्रिय गानको समेत विरोध गरे ।

आदिवासी\जनजाति, महिला र दलितको पक्षमा संवैधान नलेखिने संकेत हो यो ?

हेर्नुस, संघीयता, धर्मनिरपेक्षता जस्ता कुरा शासक जातीले दया गरेर दिएको होइन । यसका लागि हाम्रो पार्टी लगायत अरुले पनि संघर्ष गरेका थिए । आदिवासी\जनजाति, महिला, दलित, धार्मिक अल्पसंख्यकको पक्षमा संविधान लेख्न उनीहरुले चाँहदैन भन्ने चाहिँ फेरी एक पटक प्रमाणित भएको छ । तर तपाई हामीले आफ्नो समुदायगत अधिकार लागि संघर्ष गर्नै पर्दछ ।

संवैधानिक समितिमा आदिवासी\जनजाति र दलित सभासद कति जना छन् ?

संवैधानिक समितिमा अनुहार र नागरिकताले आदिवासी\जनजाति भएकाहरु २१ र दलित ६ जना छन् । तर आदिवासी\जनजातिको पक्षमा म र बाँकी दुई जनाले मात्रै मतदान गरे । संख्यात्मक रुपमा हामी कम भए पनि त्यो मतदान ऐतिहासिक थियो भन्ने ठानेको छु ।

माओवादी, काँग्रेस र एमालेमा भएका दलित, जनजातिले आफ्नै समुदायको विरोधमा किन मत हालेका होलान् ?

ती पार्टीमा भएका सभासदहरु आफ्नो जाति समुदाय भन्दा पनि पार्टीलाई ठूला ठान्छन् । अर्को विस्रनै नहुने कुरा के हो भने त्यहाँ भोट हाल्न आएकाहरु दाहाल, प्रचण्ड र खनालले भनेको ठाउँमा मात्रै मत दिन सक्छन् । उनीहरुको आफ्नो विवेक चल्ने भए २१ औं शताब्दीमा आएर पनि कुनै मानिस दलित भएर बस्नु पर्ने थियो र आदिवासी\जनजाति, महिला भएर राज्यसत्ताबाट बंचित हुनुपर्ने नै थिएन ।

संविधानसभाको नियमावलीमा त दलिय ह्विप लगाउने नपाउने व्यवस्था छ त ?

ठीक भन्नु भयो, आदिवासी\जनजाति, दलित र महिलाको विपक्षमा मत हाल्नेहरुले आफ्नो समुदायमाथि धोका दिएका मात्रै छैनन् संविधानसभाको नियमावली समेत उल्लंघन गरेका छन् । दलिय ह्विपमा चल्नु संविधानसभाको विश्वव्यापी मान्यता विपरीत हो । तर व्यवहार उनीहरु दलिय ह्विप भन्दा एक रत्ति तलमाथि हुन सक्दैनन् वा चाँहदैनन् ।

राज्यले पछाडि पारेका समुदायको कुरा नयाँ संविधानमा लेखाउन यहाँको पार्टीले के गर्दैछ ?

राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका विषयमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट मैले फरकमत दर्ता गराएको छु । राज्यले पछाडि पारेका समुदायको पक्षमा संविधान लेखाउन मेरो पार्टी र म स्वयम सभासद तथा पार्टी अध्यक्षको हैसियतले निरन्तर लागि रहेको छु ।

संविधानसभामा तँपाईहरुका कुरा कत्तिको सुनुवाई हुन्छ ?

राजमुपाको मुद्दा सबै भन्दा राम्रो र मुलुक सुहाउँदो हुँदा-हुँदै पनि संख्यात्मक रुपमा कम भएकाले हाम्रो कुरामा खासै सुनुवाई हुन सकेको छैन । तथापि हामी देश र जनताका पक्षमा निरन्तर रुपमा आवाज उठाईरहेका छौं ।
पार्टीको स्थापना दिवस आउन लागेको छ के तयारी हुँदैछ ?

आगामी माघ ६ गते स्थापना दिवसका मनाउन मूल तयारी समिति गठन गरेका छौं । समितिले भव्य तयारी गरिरहेको रिर्पोट पाएको छु ।

पार्टी स्थापना भएको दुई दशक पुग्न लागेको छ । विगतलाई फर्केर हेर्दा पार्टीले देश र जनतालाई के दियो भन्ने ठान्नुहुन्छ ?

हाम्रो पार्टीले जनतामा चेतनाको विकास गराई दिएको छ भने मुलुकलाई सही दिशा निर्देश गर्ने सिद्धान्त दिएको छ । धर्म निरपेक्षता सघीयता र समावेशीताको मुद्दा उठाउँदा हामीलाई साम्प्रदायिक भन्नेहरु हाम्रै मुद्दा विना राजनीतिकको र उच्चारण गर्न नसक्ने अवस्थामा पुगेका छन् । यद्यपि उनीहरु अझै पनि एकल जातीय केन्द्रीकृत शासन व्यवस्थाको पक्षमा भएको संवैधानिक समितिको मतदानले पनि देखाउँछ । जे होस् देखावती रुपमा भएपनि उनीहरु हाम्रो कुरा उठाउन बाध्य भएका छन् ।

तँपाईहरु आफ्नो सिद्धान्तमा मुलुकको राजनीति घुमेको भन्नुहुन्छ । तर १९ वर्षमा पनि पार्टीले खासै प्रगती गरेको देखिएन नि ?

हेर्नुस्, सबैभन्दा पहिला प्रगती केलाई मान्ने भन्ने बुझ्न जरुरी छ । मान्छे मारेर वुथ क्याप्चर गरेर, प्रहरी प्रशासनको आडमा बढी सिट ल्याउनेहरुलाई निर्वाचन जितेको भन्न सकिदैन । हामीले पैसा खर्च गरेर वा कसैलाई तसा्रएर मत पाएको होइन । पैसाले किनेको मत भन्दा जनताले कुरा बुझेर दिएको मत थोरै नै भएपनि यसको राजनीतिक महत्व ठूलो हुन्छ । म फेरी भन्छु राजमुपाको दर्शन र सिद्धान्त विना मुलुकले निकास पाउनै सक्दैन भन्ने कुरा घट्नाक्रमले पुष्टी गरेको छ ।

राजमुपाले सरकारको नेतृत्व कहिले गर्ला त ?

राष्ट्रिय जनमुक्ति पार्टी सत्तामा पुग्नु भनेको सदियौं देखि राज्यसत्ताले उपेक्षा गर्दै आएको आदिवासी\ जनजाति, महिला, दलित, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्र सबैको सत्ता आउनु हो । यसका लागि हाम्रा लक्षित समुदायमा चेतना आउन जरुरी छ । अरुलाई सत्तामा पुर् याउने भर् याङ बन्नबाट आफूलाई मुक्त गर्न सके राजमुपा सम्पूर्ण पिछडिएका जनताको प्रतिनिधित्व गर्दै छिट्टै सरकारको नेतृत्वमा पुग्छ ।

Read Also:

शंकरलाल चौधरी

मनकुमारी पुन

एमएस थापा मगर

रत्न राना

योगेन्द्र थारु

President Dr. Rambaran Yadav

Bam Dev Gautam

Bimal Gurung

Puspa Kamal Dahal (Prachanda)

Dinesh Subba

Bhishma Chemjong

Capt. Nanda Bdr. Rai

Tek Tamu

MP Chiyama Rai

Ram Bahadur V.C

Ramesh Gajmer

Dil Palungwa

Karna Bahadur Thapa Magar

Khildhoj Thapa

Bayan S. Rai

Ashok Pun

D.B Chamling Rai

M.S Thapa

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008
Best View at 800 x 600 Pixel Resolution