|
दोस्रो जनआन्दोलनपछि राजाको अधिकार समाप्त भएकोछ । मुलुकको सम्पुर्ण् राजकिय र शासकिय अधिकार हाल जनताबाट निर्वाचित नभएका स्वयम्भु जनप्रतिनिधिहरुको हातमा रहेकोछ । हिजो स्वेच्छाचारी राजाबाट न्याय नपाएका जनताले यस सरकारबाट न्याय पाउने आशा गर्नु स्वभाविक हो । तर पनि अहिले जनआन्दोलन दोस्रोभन्दा बढी हिंसात्मक आन्दोलन भई रहेकोछ । जनआन्दोलनमा भन्दा अहिलेको आन्दोलनमा बढी जनता मारिएका छन् । जनआन्दोलनपछि जनताको महत्वाकांक्षा बढेको हुन सक्तछ तापनि जनताको न्युन्तम् जायज मागहरु त पुरा गर्न सकिन्छ । तर अहिलेको सरकारले आज सम्म अवसरबाट वंचित जनजाति, दलित र मधेसीहरुको जायज मागहरुलाई प्रतिगामीहरुले उचालेको, प्रतिगामीहरुको षडयन्त्र र दरबारिया षडयन्त्र आदि आरोप लगाई यसलाई बेवास्ता गरिएकोछ । माओवादी समेत आठ दलहरुले उठाएका मागहरु सबै अग्रगामी र यी आठदलहरुसंग विमति राख्ने पार्टीले उठाएको मागहरु सबै प्रतिगामीहरुको मुलुक भांडने माग हो भन्ने अनौठो मानसिकताको सिद्धान्त प्रतिपादन गरेका छन् ।
राजालाई विष्णु अवतार घोषित गर्ने लगायत मुलुक त्यागी विदेश लागेका राजालाई फर्काई नेपाल ल्याउने, राजालाई " सेरेमोनियल " घोषणा गर्नु पर्छ भनी प्र.मं. गिरिजाले भन्दा संसदमा तालि बजाउने एमाले लगायत संसदमा रहेका अन्य दलहरु र राजा विरेन्द्रंको मृत्युमा शोक मनाउने र शोक पुस्तिकामा जबरजस्ति जनतालाई सहीछाप गर्न लगाउने माओवादीले संसदमा राजाको उत्तराधिकारी ज्येष्ठ सन्तान हने भनि संसदबाट कानुन पारित गर्दा र गिरिजाले सेरेमोनियल राजा राख्ने कुरा गर्दा एकशब्द नबोली मौन सहमति जनाउने माओवादी लगायत सात पार्टीहरु सबै राजा विरोधी भए तर मुलुकमा स्थानिय/क्षेत्रिय स्वयात्य, मुलुकको नीति निर्माणमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र शिक्षा, रोजगार र व्यवसायहरुमा जनजाति, दलित, विपन्न मधेसी र महिलाहरुलाई आरक्षण माग्ने जनजाति, दलित र मधेसीहरु सबै राजावादी भए,प्रतिगामी भए । मुलुकको हालको संसदले स्त्रीलाई पुरुष र पुरुषलाई स्त्री बनाउने बाहेक सबै बनाउन क्षमता राख्दछ । राजाप्रति यति विघ्न वितृष्णा यी आठ दलको छ भने राजाको सबै सम्पत्ति राष्ट्रियकरणगरी राजालाई देशबाट निर्वाशनमा पठाए भईहाल्छ नि । यसोगर्दा हामीलाई कुनै आपत्ति छैन । तर यी आठ दलहरुले यसो गर्दैनन् , किनकि आज सम्म यीनीहरुले राजाको खोट देखाई राजनीतिक खेती गर्दै आएका छन् । राजा नै नरहेपछि यीनीहरुहले कसको खोट देखाई राजनीति गर्ने - भोली राजा नरहेपछि त जनजाति, दलित र मधेसीहरुको तारो त यीनै बाहुनहरु बन्ने निश्चित छ । यी कुराहरु बाहुनहरुले र्छलङ बुझेका छन् । त्यसैले राजा जनजाति, दलित र मधेसीहरुलाई होईन बाहुनहरुलाई चाहिएको छ ।
हिजो सम्म जनअधिकारी नदिने, जनजाति, दलित, मधेसी आदि आदिलाई दमन गर्ने यो राजा हो भनि यी दलहरुले तर्क पेश गदै आएका थिए तर अहिले त यी दलहरु नै सत्तामा छन् भने जनजाति, दलित र मधेशीहरुले मागेको स्थानिय स्वयात्यता, मुलुकको नीति निर्माणमा जातिय जनसंख्याको आधारमा समानुपाति प्रतिनिधित्व र आरक्षणको मागहरुलाई यी दलहरु पुरा गर्न किन चाहदैनन् - जनजाति, दलित र मधेसीहरुको यी मागहरुको बाधक हिजो राजा थिए भने अहिले बाधक को बनेका छन -
अहिलेको ३३० जना संसदहरुमा ७३ प्रतिशत बाहुनहरु छन् । सरकारी मिथ्यांकलाई पत्याउने हो भने पनि बाहुनहरु जम्मा १२ प्रतिशत छन् । जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई स्वीकार्ने हो भने बाहुनहरुको सांसद जम्मा १२ प्रतिशत रहन आउछ जबकि हाल बाहुनहरुले ७३ प्रतिशत सांसद सिट ओगटेको छ । यस बाहेक निजामति र गैरनिजामती सरकारी सेवाको कुरा गर्ने हो भने त ज्यादै उदेग लाग्दो स्थिति छ जुन सबैलाई अवगत भएकै हो । यसरी मुलुकको प्रत्येक अंग प्रत्यंगमा र्सपले जही कुण्डली मारी बसेका बाहुनहरुले जनजाति, दलित र मधेसीहरुको मागलाई मान्नु भनेको स्वयं आत्महत्या गर्नु हो । यरुतो परिस्थितिबाट आजित भएर भारतका दलित नेता राम विलास पासवानले र्सप र बाहुन एकैसाथ अगाडी प-यो भने पहिले बाहुन लाई मार्नु पर्छ भनेका होलान् ।
हिजो माओवादीको पक्षमालागि सेना र प्रहरीसंग लडने पुडके जनजातिहरु आज यु. एन. ओ. को भत्ता खाने बेलामा ५ फिट ३ इन्ज नपुगेको भनि माओवादी शिविरबाट खेदी गांउ पठाएका छन् भने १ अधिकांश माओवादी जनजातिका चेलीहरु जात भात हुदैन भनी बाहुन कामरेडहरुको बच्चा हूर्काउदै छन वा सुत्केरी हुने अवस्थामा छन् । वंश विनाशको कयिध उयष्कयल जनजाति महिला कामरेडहरुलाई राम्ररी खुवाईएको छ । जनजातिहरुलाई जातिय राज्य दिन्छौं भनि विश्वास दिलाएका माओवादी पार्टी नेता प्रचण्डले आज जनजातिको कुरा उठाए सत्तामा जान सकिदैन भनि धकै नमानी जनजातिहरुलाई गद्दारी गर्दा पनि जनजातिहरुले पचाएका छन्
जनजातिहरुलाई कसले ठगेन - ढांटेन - तर देश विदेशमा रहेका जनजातिहरुको आन्दोलनलाई एक्यवद्धतासाथ अगाडी बढाऔं भन्दा सत्तधारी सबैखाले पार्टीको बाहुनहरुको फुटाउ र शासन गर भन्ने कुटिल जालझेलमा परि आज जनजातिहरु आपसमा कसले कसलाई प्रतिगामी वा दरबारिया सिद्ध गर्न सकिन्छ त्यस तर्फतंछाड मछाड गरी प्रतिस्पर्धा गर्दैछन् । आखिर जनजातिहरु आहिले असफल भयो भने सफल को हुन्छन् - सबैमा सदविवेक पसोस् ।
मिति ०६३ फागुन १८ गते ( मार्च २ ००७ )
१ नौलौ डट कम मा चैत्र ७ गतेको लेखबाट उक्त अन्डरलाईन गरेको शब्दहरु हृटाएकोछ ।
|