|
|
| जमुपानेपाल पनि पुरानै घरमा फर्कने |
राष्ट्रिय जनमुक्ति पार्टी र अटलमान राई अध्यक्ष रहनुभएको जनमुक्ति पार्टी नेपाल एकिकरण हुने भएको छ ।
जनमुक्ति पार्टी नेपालका अध्यक्ष अटलमान राईले राष्ट्रिय जनमुक्ति पार्टी र आफ्नो पार्टीवीच एकिकरण हुन लागेको बताउनु भएको छ । राजमुपामा एकिकरणका लागि गृह कार्य भईरहेको समेत राईले जानकारी दिनु भएको छ । जमुपा नेपालले संविधानसभा निर्वाचनमा ३३९६ मत ल्याएको थियो ।
स्मरण रहोस् प्रजातान्त्रिक राष्ट्रिय जनमुक्ति पार्टी यसअघि नै राष्ट्रिय जनमुक्ति पार्टीमा एकिकृत भईसकेको छ ।
वरिष्ठ गणतन्त्रवादी नेता रामराजाप्रसाद िसंहले नेतृत्व गरिरहनु भएको नव जनवादी मोर्चाले पनि राष्ट्रिय जनमुक्ति पार्टीसंग एकिकरण गर्न अभिरुची देखाएको छ । मोर्चाका महासचिव शंकरलाल श्रेष्ठले आफ्नो पार्टी राजमुपाको मूलभूत सिद्धान्तसँग सहमत भएको र सामान्य प्राविधिक समान्जस्य मिलाएर छिट्टै एकिकरण गरिने बताउनु भयो ।
यसैबीच, सैद्धान्तिक रुपमा ठूलो मतभेद नभएका सानासाना राजनैतिक शक्तिहरु बीच एकिकणको पहल गर्न अटलमान राईको संयोजकत्वमा एक कार्यसमूहको गठन गरिएको छ । कार्यसमूहका सदस्यमा खिलध्वज थापा (राजमुपा), श्रीमती चन्द्रा तामाङ (गणतान्त्रिक तामाङ समाज) तथा एनेकपा माओवादी त्यागेर बेग्लै संगठनको पहल गरिरहनुभएका पेशल तामाङ र बीरेन्द्र लामा रहनु भएको छ । समूहले समान बिचार भएका विभिन्न राजनैतिक शक्तिहरुको गोलमेच सम्मेलन गर्ने तयारी गरिरहेको जनाइएको छ । |
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|