|
|
| जनजातीको कुरो खरानीको डल्लो |
- एम.एस.थापा
मिति ०६६ पौष ११ गते तदानुसार २५ डिसम्बर २००९ का दिन सांझ ४ बजेदेखी राती १० बजे सम्म संविधानसभाको संवैधानिक समितिको बैठक बस्यो । यो समिति संविधानसभाको महत्वपूर्ण निकाय हो र यसको निर्णय लगभग मान्य हुन्छ । संविधानसभामा छलफल र बहसकोलागी संविधानको मुख्य नीतिगत विषयहरु यसले तय गर्दछ । उल्लेखित दिनमा संविधानको मुख्य नीतिगत विषयहरुमा जनजाती सम्बन्धि खास विषयहरु पास हुन सकिन । जनजती सम्बन्धि मुख्य विषयहरु यी थिऐ ।
१. जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातिक व्यवस्था ः- यस विषयमा मतदान हुंदा एमाले कांग्रेुस र राजावादी पार्टीहरुले विरोधमा भोट हाले र माओवादी तटस्थ बसे । जनमुक्ति पार्टी नेपा पार्टी र संघिय समाजवादी पार्टी थारुहरुको ले मात्र समर्थनमा भोटहाली अरु सबैले जनजातीको विषयलाई अस्वीकार गरे ।
२ संविधानमा जनजाती आन्दोलन उल्लेख गर्ने ः- यसमा एमाले कांग्रेस र राजावदी पार्टीहरुले विरोधमा भोट हाले भने माओवादी तटस्थ बसे । जनमुक्ति नेपा पार्टी र थारुहरुले मात्र समर्थनमा भोट हाले र यो पनि अस्वीकार भयो । तर माओवादी एमाले कांग्रेस र राजावादीहरुले संविधानमा मधेस आन्दोल राख्ने पासगरी मधेसीहरुलाई समर्थनदिई जनजातीहरुको आन्दोलनलाई अस्वीकार गरे ।
३. आदिवासीहरुको अग्राधिकार ः- यसमा नेपाल सरकारले स्वीकारगरी हस्ताक्षर गरी सकेका अन्तर्रष्ट्रिय सन्धि आई.एल. ओ। १६९ अनुसार प्राकृतिक स्रोत साधनमा जनजातीहरुको अग्राधिकार हुनु पाउने व्यवस्था छ । यसमा एमाले कांग्रेस राजावादीहरुले विरोधमा भोट हाले भने माओवादीहरु तटस्थ बसी जनजातीहरुको प्राकृतिक स्रोतमाथिको अन्तर्राष्ट्रिय मान्यता अनुरुप प्राप्त अधिकारलाई अस्वीकार गरियो । जनमुक्ति नेवा पाटर्ीै र थारुहरुले मात्र समर्थनमा भोट हाले ।
४. राष्ट्रिय झण्डा ः- यसमा जनमुक्ति पार्टी नेवा पार्टी थारुहरु र माओवादीले वर्तमान झण्डा जनजाती र स्वयात्य क्षेत्रहरुको पहिचान प्रतिविम्वहुनेगरी हालको झण्डा परिवर्तन गर्नु पर्छ भन्नेमा भोट हाले भने अरुले हालको हिन्दुहरुको धार्मिक प्रतिक अंकित झण्डा नै कायम रहनु पर्छ भनी भोट हाली हालको नेपालको झण्डा नै कायम राखे ।
५.राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्थाको सट्टा अध्यक्ष मण्डलको व्यवस्था गर्ने ः- मुलुकको राष्ट्र प्रमुखमा अध्यक्ष मण्डल प्रणाली अपनाएमा जनजाती दलित महिला मुस्लिम र अन्य सिमान्तकृत जातीहरु पनि राष्ट्र प्रमुख हुने मौका पाउने थियो तर जनमुक्ति नेवा पार्टी र थारुहरु बाहेक अरु सबैले यसको विरोधगरी जनजाती दलित महिला मुस्लिम र अल्पसंख्यक जातीहरु पनि राष्ट्र प्रमुख हुन पाउने सुविधालाई अस्वीकार गरे ।
यहां स्मरणीय कुरा के छ भने जनमुक्ति माओवादी एमाले कार्ंग्रेस राजावादी पार्टी लगायत लगभग सबै जनजाती सभासदहरुले पार्टीको व्हीप नमानी जनजातीको पक्षमा लडनेभनी प्रतिवद्धता व्यक्त गर्दै जनजाती सभासद ककस गठन गरेका थिए र छन् । तर यो जनजाती सभासदहरुको ककस ले हावा खायो ।
जनजाती बन्धु बान्धवहरु–
जनजातीको पक्षमा यसो गर्छौ उसो गर्छौं भन्ने पार्टीहरुको कुटिल अनुहार यस मतदानमा छरलङ्ग देखियो । अन्य कथित प्रगतिशिल पार्टी र ति पार्टीमा रहेका जनजाती सभासद र नेताहरुको सक्कली अनुहार हेर्ने धोको अझै बांकी छ कसैमा
सबै जनजातीहरु एक पटक सोंच्नुहोस् चेतना भया । अन्यथा जनजातीको कुरो खरानीको डल्लो ।
द्रश्टव्य ः- १ संवैधानिक समितिमा म स्वयं मतदान गर्ने सभासद भएकाले कसले कसलाई कति भोट हाले त्यसको रेकर्ड म संग सुरक्षित छ । |
|
Also Read:
जनमुक्ति नेतालाई पत्नी वियोग (2010/Sep/10)
चेपाङ्गलाई विदा खै ! (2010/Sep/07)
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
|