|
|
| प्रस्तावमाथि पुर्नविचार गरियोस् |
संविधानसभा अन्तर्गतको संवैधानिक समितिमा भएको मतदानमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सम्बन्धी प्रस्ताव अस्वीकार गरेकोमा राष्ट्रिय जनमुक्ति पार्टीका जातीय संगठनहरुले तिब्र बिरोध गरेका छन् । पुस ११ गते भएको मतदानमा माओवादी काँग्रेस र एमालेका जनजाति अनुहार सभासदहरुले समेत आदिवासी जनजातिहरुलाई अधिकार दिनै हुँदैन भन्ने पक्षमा मत दिएपछि जनमुक्ति सम्बद्ध संगठनहरुले कडा विरोध गरेका हुन ।
राजमुपा निकट मगर हाङ परिषद्, लिम्बुवान प्रान्तीय परिषद्, तामाङ व्हील परिषद्, आदिवासी खम्बुवान राज्य परिषद्, नेवा देय परिषद्, थरुवान राज्य परिषद्, तमुवान राज्य परिषद् र दलित राज्य परिषद्ले संयुक्त बक्तक्य प्रकाशित गरेर सम्बिधान समितिलाई उक्त प्रस्ताव माथि पुन विचार गर्न आग्रह गरेको छ । बक्तब्यमा राज्यको हरेक अंगमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनित्वको प्रत्याभूति नदिने संबिधानलाई कुनै पनि शर्तमा स्वीकार नगरिने दृढता प्रकट गरिएको छ । राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व वाहेकका सबै कुरा आदिवासी जनजातिका लागि भ्रम मात्र भएको वत्तव्यमा उल्लेख छ ।
समानुपातिक प्रतिनिधित्व हाम्रो मूलभूत माग हो यो मागको लागि हामी जस्तो सुकै र कडा भन्दा कडा आन्दोलन गर्न पनि तयार छौं बक्तब्यमा भनिएको छ । बक्तब्यमा जनजाती विरोधीहरुको जमातले संबिधान समितिमा उक्त प्रस्ताव पारित हुन नदिएको आरोप लगाउंदै त्यस्ता जमातलाई तह हलाउन जनजातीजन्य सबै प्रकारका शक्तिहरु एक जुट हुनुपर्ने आवश्यकतामाथि पनि जोड दिइएको छ ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|