संविधानसभामा १४ प्रदेश सहितको राज्य पुर्नसंरचनासम्बन्धी प्रतिवेदन प्रस्तुत भएको छ । राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले माघ ७ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गलाई प्रतिवेदन बुझाएको हो ।
प्रस्तावित प्रदेशहरुमा मगरात, तमुवान, लिम्बुवान, नेवा:, ताम्सालिङ्ग, खप्तड, जडान, नारायणी, थरुहट-अवध-लुम्बिनी, मिथिला-भोजपुरा-मधेश, सुनकोशी, किरात, शेर्पा र कर्णाली रहेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीले समितिको प्रस्तावलाई परिमार्जन सहित मान्यता दिने निर्णय गरेको छ । |