Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jan-23

यो समाचार साथीलाई Email पठाउनु होस।

पार्टी विसौं वर्षमा




राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका जनताका माग सहित स्थापना भएको राष्ट्रिय जनमुक्ति पार्टीले १९ वर्ष पुरा गरेको छ । आदिवासी\जनजाति, महिला, दलित, मधेशी, धार्मिक अल्पसंख्यक लगायतका सूम्पूर्ण उत्पीडित समुदायको पक्षमा आवाज उठाउँदै आएको राजमुपाको स्थापना दिवस भव्य रुपमा मनाएको छ ।
राजमुपा केन्द्रीय समितिले राजधानीमा एक वृहत कार्यक्रमका गरेर पार्टी स्थापना दिवस मनाएको छ । ललितपुरको स्थानीय विकास प्रतिष्ठानमा माघ ६ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी केन्द्रिय अध्यक्ष तथा सभासद एमएस थापाले नयाँ संविधानमा आदिवासी\जनजाति, महिला, दलित, मधेशी, धार्मिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित हुने संभावना क्षीण बन्दै गएको बताउँदै पिछडिएका समुदायको पक्षमा संविधान लेख्न सबैलाई आग्रह गर्नु भएको छ । सभासद थापाले राज्यले मुलधारबाट अलग पारेका समुदायको पक्षमा संविधान लेखाउन राष्ट्रिय जनमुक्ति पार्टीले कुनै कसर बाँकी नराख्ने समेत बताउनु भयो । स्थापना दिवसको अवसरमा उहाँले सबै जातीलाई सत्ताको मालिक बनाएर मुलुकलाई सम्पन्न र सशक्त नबनाएसम्म पार्टीले निरन्तर संघर्ष गरी रहने धारणा राख्नु भयो ।

कार्यक्रममा वरिष्ठ नेता गोरेबहादुर खपाङ्गी, सभासद छियामा राई, तामाङ्ग ह्युलका इन्चार्ज गणेशबल तामाङ्ग, राजमुपा हङकङका अध्यक्ष एमबी थापा, नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य, मगर हाङ परिषदका महासचिव जनलाल थापा, महिला मोर्चाकी काठमाडौं अध्यक्ष भुँईचल लामा, किरात जनवादी वर्कसका सैन्य विभाग सहप्रमुख हितलाल क्याप्छाकी, आदिवासी किराती मोर्चाका महासचिव लोकेन्द्र गेरु किराती र एनजिओ फोनीङ्गका कार्यकारी प्रमुख इन्द्र कुलुङ्गले पार्टी स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य दिनु भएको थियो ।

कार्यक्रम पार्टी महासचिव बयानसिँ राईले सचालन गर्नु भएको थियो ।

स्थापना दिवसका कार्यक्रममा विद्यार्थी, भूपू सैनिक, युवा, महिला, दलित, सचारकर्मी तथा अन्य दलका नेताहरु समेत सहभागी भएका थिए ।
यसैवीच मुलुकको विभन्न जिल्लामा पनि पार्टी स्थापना दिवस धुमधामसँग मनाइएको खबर प्राप्त भएको छ ।


Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (0)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution