|
|
| तामाङ्ग ह्युलको शुभकामना |
बौद्ध सम्बत २८४७ ल्होसारको उपलक्ष्यमा राष्ट्रिय जनमुक्ति पार्टीको जातीय संगठन तामाङ्ग ह्युल परिषद ललितपुरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
तामाङ्ग ह्युल परिषदले ललितपुरको चापागाउँमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक समारोह भव्यता पुर्वक सम्पन्न गर्यो । हजारौं दर्शक उपस्थित सो समारोहमा प्रसिद्ध पप गायक निमा रुम्वा र विजय लामा लागायत एक दर्जन भन्दा बढी कलाकारहरुले आफ्ना कर्ण पि्रय गीत प्रस्तुत गरेर दर्शकहरुलाई झुम्याएका थिए । गायकद्वय रुम्बा र लामाले आफूहरु राजनीतिमा प्रत्यक्ष रुपले संलग्न नभए पनि राष्ट्रिय जनमुक्ति पार्टीलाई सहयोग गर्ने बचन समेत दिए ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य तथा तामाङ्ग ह्युल परिषद्का इन्चार्ज गणेश बलले राजनीतिको अतिरिक्त अहिले देशमा आर्थिक र सांस्कृतिक क्रान्तिको आवश्यकता भएको बताउनु भयो । उहाँले जनताका कलाकारहरुले जातीय एकाधिकारबादी सामन्त शासकहरुको भण्डाफोर गर्दै आदिवासी\जनजातीहरुको भाषिक र सांस्कृतिक पहिचानको लागि स्वरघोष गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले सर्वसाधारण जनताको जनजीविकाको लागि केही नगर्ने सरकारलाई कुनै प्रकारको कर तिर्न नहुने सल्लाह पनि दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै तामाङ ह्युल परिषद्का महासचिव रविन गोलेले देशमा जातीय चेतना अभिबृद्धि नभएसम्म नयाँ नेपाल बन्नै नसक्ने ठोकुवा गर्नु भयो ।
तामाङ्ग ह्युल परिषद्का ललितपुर जिल्ला अध्यक्ष सानोबाबु तामाङ्गले सभापतित्व गर्नु भएको सो समारोहमा राजमुपाका महासचिव बयानसिँ राई, केन्द्रिय सदस्य तथा विदेश बिभाग प्रमुख खिलध्वज थापा, केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख चन्द्रबहादुर श्रीस र केन्द्रिय सदस्य तथा संस्कृतिक विभाग प्रमुख कर्ण सुनारी लगायतको उपस्थित रहेको थियो । |
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|