|
|
| कलाकार याशेलि उपाचारमा आर्थीक संकट |
धरान: राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्वुवान प्रान्तिय परिषदका केन्द्रिय सांस्कृतिक विभाक प्रमुख तथा राष्ट्रिय कलाकार यासिली योङहाङको दुवै मृगौलाले काम गर्न छोडे पछि उपचारका लागि ठुलो आर्थिक शंकट परेको छ।
योङहाङको उपचारका लागि झण्डै पाँच लाख उपचार खर्चलाग्ने उपचारमा संम्लग्न डाक्टरहरुले बताएका छन्। विगत केही वर्ष अघि दाँया मृगौलामा रहेको ढुंगा सल्यकृया गरेर डाक्टरले झिग्दा सल्यकृया विग्रेर मृगौलाले काम गर्न छोडेको थियो। दाँया मृगौलावाट विस्तारै विस्तारै वाँया मृगौलामा त्यसको असर पुगेको योङहाङलाई उपचार गरिरहेका डाक्टरले वताएका छन्। अहिले वाँया मृगौलाले पनि पचास प्रतिशतमात्र काम गरिरहेको वताइएको छ।
कलाकार योङहाङको उपचार खर्चजुटाउन अहिले राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ताहरुले सहयोग अभियान शुरु गरेको छ। योङहाङको उपचार सहयोगको लागि हिमालय बैकं धरान शाखामा रहेको बैंक खाता न. ०१५०२४७६९६००१७ मा सहयोग गर्न हुन राष्ट्रिय जनमुक्ति पार्टीका नेता शुभचिन्तक तथा कार्यकर्ताहरुमा हार्दिक अनुरोध छ।
योङयाङ राष्ट्रिय जनमुक्ति पार्टीमा संस्थापनकाल देखी नै गाँउ जिल्ला र पार्टीको जनवर्गीय संगठन केन्द्रीय तहसम्म कार्य गर्दै आईरहेका छन्। उनको पानथर जिल्लाको नागी गा.वि.स. मा जन्म भएको हो। लिम्वू चलचित्र नुमा फुङ, चेसुङ लगायत दुई दर्जन लिम्वू चलचित्रहरुमा अभिनय गरेका छन्। टेली चलचित्र दलन लगायत अन्त थुप्रै चलचित्रहरुमा पनि अभिनय गरिसकेका छन्। लिम्वू तथा नेपाली लोक तथा आधुनिक गीतहरु पनि दर्जनौ संख्यामा उनले रचना गरेका छन्।
|
|
Also Read:
जनमुक्ति नेतालाई पत्नी वियोग (2010/Sep/10)
चेपाङ्गलाई विदा खै ! (2010/Sep/07)
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
|