|
|
| खबरदारी सभा सम्पन्न |
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीको आयोजनामा खबरदारी सभा तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा जेठ १५ गते सम्पन्न सभालाई सम्बोधन गर्दै पार्टी वरिष्ठ नेता तथा पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीले एक वर्ष भित्र पिछडिएका समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेता खपाङ्गीले अबको एक वर्ष भित्र पनि संविधान बनाएन भने संविधानसभामा रहेका ६०१ सभासदलाई सजायको भागीदार बनाउनु पर्ने बताउनु भयो । उहाँले संविधान बनेन भने सबै सभासदलाई कम्तिमा एक वर्ष कुनै पनि क्षेत्रमा उम्मेदवार बन्नबाट रोक्नु पर्ने धारणा राख्नु भयो ।
पार्टी जिल्ला अध्यक्ष दलबहादुर विरकट्टाको अध्यक्षतामा भएको सो कार्यक्रममा वैकल्पीक केन्द्रिय सदस्य यमबहादुर पुन, राष्ट्रिय भूपू सैनिक संगठनका जिल्ला अध्यक्ष क्या. भीमबहादुर थापा, महिला संगठनका जिल्ला अध्यक्ष होममाया गुरुङ्ग, पार्टी नगर अध्यक्ष केवी गुरुङ्ग लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उपस्थिति नेता तथा कार्यकर्ताहरुलाई पार्टी जिल्ला कोषाध्यक्ष रनबहादुर बुढाले मन्तब्यमार्फत स्वागत गर्नुभएको थियो । राजमुपा नेता, कार्यकता र शुभचिन्तकहरुको कार्यक्रममा विशाल उपस्थिति रहेको थियो ।
सूर्य सारु मगर, भैरहवा
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|