|
|
| साउन २२ गते लिम्बुवान बन्द |
राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान प्रान्तीय परिषदले असार १५ देखि साउन १५ गतेसम्म पहिलो चरणको लिम्बुवान अपरेसन संचालन गर्ने भएको छ । अपरेसन इलामको लारुम्बाबाट शुरु भएर पाँचथर हुँदै धनकुटा पुगेर समापन हुने परिषदका अध्यक्ष सिद्धि तुम्बाहाम्फेले जानकारी दिनुभएको छ । सुनसरीको धरानमा जेठ २१ र २२ गते बसेको परिषदको केन्द्रीय समितिको वैठकले यो लगायत ७ बुँदे घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रको पहिलो बुँदामा निर्धारित मितिमा नयाँ संविधान नबनेको खेद प्रकट गर्दै थपिएको एक वर्षमा कुनै पनि हालतमा संविधान बन्नु पर्ने उल्लेख छ । यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने परिषदको ठहर छ । लिम्बुवान भित्र सरकारले महङ्गी कृत्रिम अभाव खानेपानी समस्या लोडसेडिङ्ग गरेकाले यो समस्या तत्काल सम्बोधन गर्न समेत माग गरिएको छ ।
केन्द्रिकृत शासकहरुले लिम्बुवान खोसेको दिन साउन २२ गतेलाई कालो दिनको रुपमा मनाउन २०६७ साउन २२ गते लिम्बुवान बन्द गर्ने निर्णय समेत गरिएको छ । लिम्बुवान प्राप्त नहुँदासम्म हरेक साउन २२ गते शान्तिपूर्ण रुपमा लिम्बुवान बन्द गरिने भएको छ ।
गत जेठ १४ गते लिम्बुवान तथा खम्बुवानजन्य संगठनहरु र युरोपृली युनियनका सांसदहरुसँग तय भएको भेटघाट नेपाल सरकारले हुन नदिदा लिम्बुवान खम्बुवानवासीको मानव अधिकार हनन भएको बन्दै परिषदले घोर आपत्ति प्रकट गरेको छ ।
भारत सरकारले निर्माण गर्न लागेको कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएको भन्दै त्यसलाई तुरुन्त रोक्न परिषदले माग गरेको छ । निर्माण कार्य नरोकिए आफूहरुले अवरोध सिर्जना गर्ने चेतावनी दिइएको छ ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|