|
|
| थारुहट सम्पर्क मच जनमुक्तिमा समाहित |
नेपाल सरकारको अवकास प्राप्त सचिव शंकरलाल चौधरीले नेतृत्व गरेको 'थारुहट सम्पर्क मच' राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित भएको छ । पार्टी अध्यक्ष एवं सविधान सभासद एमएस थापाले आज पार्टी मुख्यालयमा आयोजित एक समारोहमा माचका अध्यक्ष चौधरी र अन्य १८ जना पदाधिकारीहरुलाई पार्टीको साधारण सदस्यता वितरण गर्नुभयो ।
पार्टी सदस्यता ग्रहण गर्नेहरुमा मचका उपाध्यक्ष प्रमोदकुमार िसंह, महासचिव वीरेन्द्रप्रसाद चौधरी थारु, आर्थिक सांस्कृतिक समाजका सचिव दशरथप्रसाद चौधरी र थारु विद्यार्थी समाजका कोषाध्यक्ष श्यामकिशोर चौधरी तथा स्वतन्त्र बुद्धिजिवी ङेमा लामा पनि हुनुहुन्छ । उहाँहरुका सार्थै मचका सप्तरी, सिरहा, उदयपुर, रौतहट, बारा, सुनसरी, सर्लाही र दाङ जिल्ला समितिहरु पनि यस पार्टीमा सम्बद्ध भएका छन् ।
समारोहमा नवप्रवेशी सदस्यहरुलाई स्वागत गर्दै पार्टी अध्यक्ष थापाले पार्टीमा नयाँ सदस्यहरुको उच्च मुल्याङकन गरिने बताउनुभयो । उहाँले पार्टीमा नवप्रवेशीहरुको आगमनबाट पार्टीका लक्ष्यहरु हासिल गर्न बल पुग्ने विश्वास व्यक्त गर्दै अग्रगमनको लागि जातीय एकाधिकारवादको विरुद्ध सवै शक्तिहरु एक जुट हुनुपर्ने अवश्यकता माथि जोड दिनुभयो ।
पार्टीका वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीले राष्ट्रिय जनमुक्ति पार्टीका सिद्धान्त दर्शन र लक्ष्यहरुका लागि संघर्ष गदै र आपसी अन्तरविरोधहरु पन्छाउँदै अगाडि बढ्नु पर्छ भन्नु भयो । कार्यक्रममा पार्टी महासचिव बयानसिँ राईले अग्रगमनको लागि जातीय मुक्तिका पक्षधरहरु एकजुट हुनुको विकल्प नभएको बताउनु भयो ।
समारोहमा नवप्रवेशी नेता शंकरलाल चौधरीले अहिलेको अवस्थामा आदिवासी जनजाति दलित उत्पीडित मधेसी मुस्लिम तथा किसान मजदुर र अल्पसंख्यकहरुको हक हितको लागि लामो संघर्ष गरेको एक मात्र राजनैतिक दल राष्ट्रिय जनमुक्ति पार्टी भएकोले यसलाई अझ बलियो बनाउनु परेको बताउनुभयो ।
थारु विद्यार्थी समाजका श्यामकिशोर चौधरीले जनताको लागि लड्ने पार्टीलाई भविष्यमा व्यापक जनसर्मथन प्राप्त हुने विश्वास व्यक्तगर्नु भयो ।
|
|
Also Read:
अध्यक्ष राजधानीमा (2010/Sep/05)
केन्द्रिय वैठक सर् यो (2010/Sep/02)
ब्ल्याक बक्स भेटियो (2010/Aug/31)
घुस्याह सभासद थुनामा (2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै (2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज (2010/Aug/29)
बुटवलमा प्रशिक्षण (2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार (2010/Aug/25)
अपरेशन सफल (2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक (2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा (2010/Aug/22)
अध्यक्षको उपचार जारी (2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा (2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द (2010/Aug/12)
'सरकार बन्न देऊ' (2010/Aug/07)
जनमुक्ति योद्धाको निधन (2010/8/7)
राजमुपा नेताको निधन (2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा (2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै (2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो (2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल (2010/Jul/12)
सिरहा पनि जनमुक्ति (2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी (2010/Jul/09)
केन्द्रिय वैठक भदौमा (2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी (2010/Jul/05)
|