Prompt News

Rastriya Janamukti Party, Feedback


  Upload Date: 2010-Jul-12

यो समाचार साथीलाई Email पठाउनु होस।

सहमतीय सरकार बनाउन असफल

राष्ट्रपतिले दिएको समयसीमा भित्र दलहरु सहमतिको राष्ट्रिय सरकार गठन गर्न असफल भएका छन् । सहमतिको अन्तिम प्रयासमा काँग्रेस र एमालेले माओवादीले ल्याएको सहमतिको प्रस्तावमा असहमति जनाएपछि कुरा मिल्न नसकेको हो । यद्यपी दलहरु प्रधानमन्त्रीको चयन गर्दा पनि सहमतिको प्रयासलाई जारी राख्न एकमत भएका छन् ।

असार १६ गते माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दलहरुलाई पहिले दिएको ६ दिन र पछिल्लो पटक पाँच दिनको समयसीमा दिनु भएको थियो । तर पटक पटकको दुई पक्षीय र त्रिपक्षिय छलफलबाट पनि दलहरुबीच सेना समायोजन र शान्तिप्रकि्रयाको विषयमा एकमत हुन नसकेपछि आज अन्तिम दिनको छलफल पनि निष्कर्ष विहीन भएको हो ।

संविधानसभा भवन नयाँबानेश्वरमा असार २८ गते बसेको मुख्य तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठकमा एकीकृत नेकपा माओवादीको सेना समायोजनसम्बन्धी प्रस्तावमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले असहमति जनाएका थिए ।

बैठकपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्राविधिक रुपमा सहमतिय सरकार गठनको प्रयास समाप्त भए पनि राजनीतिक रुपमा दलहरुबीच एकमत कायम गर्न पहल जारी राख्ने बताउनुभयो ।

नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको निर्बाचन हुने बेलासम्म पनि सहमतिको प्रयासमा दलहरु एकमत रहेको बताउनुभयो ।

यसैगरी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले दिएको आजसम्मको समयसीमा भित्र सहमतिको सरकार गठनको वातावरण बन्न नसकेको बताउनुभयो । उहाँले माओवादीले सहमतिको प्रयास जारी राख्ने जानकारी दिनुभयो ।

निर्धारित समयमा पनि सहमति नबनेपछि राष्ट्रपतिले अब बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नु हुनेछ ।

यसैबीच संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भोली दिउँसो एक बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री चयनको प्रकृया र दिन तोक्ने जानकारी दिनुभएको छ । आज विहान बसेको तीन दलका नेताहरुको बैठकपछि सन्चारकर्मीहरुसँग कुरा गदै नेम्वाङले दलहरु सहमतिमा पुग्न नसके राष्ट्रपतिको आह्वान बमोजिम सदनमा प्रधानमन्त्रीको निर्बाचन प्रकृया सुरु हुने जानकारी दिनुभएको हो ।

Also Read:

अध्यक्ष राजधानीमा
(2010/Sep/05)
केन्द्रिय वैठक सर् यो
(2010/Sep/02)
ब्ल्याक बक्स भेटियो
(2010/Aug/31)
घुस्याह सभासद थुनामा
(2010/Aug/31)
मगर भाषा केन्द्रको महाधिवेशन हुँदै
(2010/Aug/29)
अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
(2010/Aug/29)
बुटवलमा प्रशिक्षण
(2010/Aug/27)
थापाको स्वास्थ्यमा सुधार
(2010/Aug/25)
अपरेशन सफल
(2010/Aug/24)
जनमुक्तिकर्मीलाई शोक
(2010/Aug/23)
काँग्रेसबाट विद्रोह गरेर जनमुक्तिमा
(2010/Aug/22)
अध्यक्षको उपचार जारी
(2010/Aug/20)
अध्यक्ष थापा अस्पतालमा
(2010/Aug/16)
लिम्वुवान प्रान्तिय परिषदको बन्द
(2010/Aug/12)
'सरकार बन्न देऊ'
(2010/Aug/07)
जनमुक्ति योद्धाको निधन
(2010/8/7)
राजमुपा नेताको निधन
(2010/Aug/06)
अस्ताए जनमुक्ति योद्धा
(2010/Jul/31)
आर्थिक पक्ष बलियो बनाइदै
(2010/Jul/17)
संघीयता विरोधी पार्टी टुकि्रयो
(2010/Jul/17)
सहमतीय सरकार बनाउन असफल
(2010/Jul/12)
सिरहा पनि जनमुक्ति
(2010/Jul/09)
राजमुपा उदयपुरमा चौधरी
(2010/Jul/09)
केन्द्रिय वैठक भदौमा
(2010/jul/09)
सप्तरी जनमुक्तिमा चौधरी
(2010/Jul/05)

 

पाठक प्रतिक्रिया (1)  
यो समाचार सम्बन्धी प्रतिक्रिया पठाउंनुहोला नेपाली युनिकोर्ड या English मा।  
पुरा नाम  
ठेगाना  
 
ईमेल  
 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box  

 

प्रतिक्रिया

 
 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

 

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008

Best View at 800 x 600 Pixel Resolution