Prompt News

Rastriya Janamukti Party, Feedback

लोक आङ्ला
Dharan
nauloaviyan@yahoo.com

Go Back to News Upload Page


नेपाल मगर संघ, नगर समिति धरानद्वारा आयोजित हुर्रा समापन कार्यक्रम, सैनिक भवन, धरान

पूर्वञ्चलको लोकप्रिय हुर्रा नाच

सपनीमा हो एक झल्को देखे,
भेट हुनु रैछर देशै रमाइलो

तिमी काँहाको हामी काँहाको,
गरौन चिनारी देशै रमाइलो

हामी सँग चिनारी गर्दा,
कोई छ कि रिसाउने देशै रमाइलो

माथि उल्लेखित गीत हुर्रा नाचको छोटो अंश हो । अहिले पूर्वाञ्चलका विभिन्न ठाउहरुमा हुर्रा नाच्नेहरु बाह्र बजेको टन्टलापुर घामको कुनै प्रभाव नगरी नाचिरहेका छन् । दाँत खसिसकेका बुद्धबुद्धादेखि लिएर दूधे बालबालिकामा पनि अठार वषिर्य लक्का जवानमै जोसले नाचिरहेको दृश्य देख्‍न पाइन्छ ।
आफ्नो जातीय भेषभूषामा पुरुषहरु अइठे, कच्छार र भोटो एवं महिलाहरु मखमली चोली, लुङगी र घल्याङमा सजिएर हुर्रा नाच औसीदेखि विधिवत् रुपमा पूजा गरी मगर समुदायले पूणिर्माको दिनसम्म भव्य रुपले नाच्ने गर्दछन् । मगर समुदायले पूर्वक्षेत्रमा मात्र नाच्ने यो हुर्रा नाच धनकुटाको मुढेबास क्षेत्रबाट शुरुवात भएको मानिन्छ । पूणिर्माको दिनसम्म नाचिने भए पनि धरानमा मगर समुदायले भने गत विहिबार नै विधिवत रुपमा सो नाचको समापन गरेका छन् ।
मगर जातिहरु अधिराज्यभर बसोवास गरे तापनि यो नाच पुर्वमा मात्र सीमित छ । नेपालको पश्चिममा मगरहरुको घना बसोबास भए तापनि त्यहाँ हुर्रा नाच नाच्ने गरेको पाइन्न । हुर्रा नाचको सट्टा कौडा नाच नाच्ने गर्दछन् । गोलाकार बनाएर नाचिने यो नाचमा मादलको धुनसँगै झ्याली र वाँसुरीको ताल अनुसार खुट्टा चलाउनु पर्ने हुन्छ । एकल गीत गायर पनि नाच्न सकिन्छ । दोहोरी गाउदै पनि हुर्रा नाच्न सकिन्छ । लिम्बू जातिको धान नाच भन्दा ठ्याकै विपरीत छ यो नाच, साइनो लाग्नेहरुसग पनि नाच्न सकिन्छ । तर, धान नाच साइनो लाग्ने नातागोताहरुसग हात मिलाएरु नाच्न हुदैन । हुर्रा नाच्न सजिलो भएकोले मगर इतरका जातिले पनि उल्लासमय नाच्ने गर्दछन् ।
नेपाल मगर संघ, धरान नगर समितिको आयोजनामा स्थानीय सैनिक भवनमा गत विहिबार आयोजित समापन समारोहमा धरान र पाँचकन्या गाउँ समितिबाट पनि उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले हुर्रा नाचसँगै अन्य साँस्कृतिक गीत-नृत्य प्रस्तुत गर्दा बाटोमा हिँड्ने र्सवसाधारणहरु पनि लोभिएका थिए । जातीय पहिरनमा आएका युवायुवतीदेखि, बालबालिका र वृद्धवृद्धासम्मले हातमा हात मिलाएर हुर्रा नाच्दा तिहार अझै बाँकी रहेको आभास मिल्थ्यो ।
गत औशीको दिनमा जेष्ठ मगर व्यक्तित्व जगतबहादुर राना मगरबाट मादल, झ्याली, बाँसुरी र कलाकारहरुलाई टीका लगाई पूजाआजाकासाथ धरानमा शुरु गरिएको हुर्रा नाच बिहीबार पुनः उनैबाट पूजा गरी समापन गरिएको संघका नगर उपाध्यक्ष चित्र थापा मगरले बताए । उनले भने, यो हुर्रा नाचमा मनपरेको केटाले मन परेकी केटीलाई र मन परेको केटीले मन परेको केटालाई तानेर आफूसगै नाच्ने प्रचलन छ ।
पूर्व क्षेत्रका गाउँघरतिर औसीदेखि पूणिर्माको दिनसम्म मगर जातिले भव्यरुपमा हुर्रा नाच्ने गरेको पाइन्छ । औशीदेखि पूणिर्माको दिनसम्म मगरका छोरीचेलीहरुलाई हुर्रा नाच्न परिवारबाट कुनै बन्देज नलगाईने प्रचलन रहिआएको पाईन्छ । यो नाचमा बिषेश छुट पाउछन् मगर जातिका छोरीचेलीले ।

Latest Posted News:
Priminister from small partIES members
2010/Jul/12
New race to explore the Himalayas
2008/Dec/08
Getting high on HIV drugs in S Africa
2008/Dec/08
Mumbai - the city of foreign dreams
2008/Nov/25
'Hindu terrorism' debate grips India
2008/Nov/23
Tibetans' risky journey into exile
2008/Nov/13
पूर्वञ्चलको लोकप्रिय हुर्रा नाच
2008/Nov/13
Waziristan's last soldier
2008/Nov/09
Hope dawns in post-Nargis Burma
2008/Nov/02
Learning English in Afghan badlands
2008/Oct/29
Gujarat's nomad voters
2008/Oct/26
Black Widow's inhospitable beauty
2008/Sep/29
Fear of LTTE
2008/Sep/20


Viewers Comments:: (0)



पाठक प्रतिक्रिया

 

प्रतिक्रिया पठाउँदा नेपाली युनिकोर्ड वा English मा पठाउन सक्नु हुने छ।

 

पुरा नाम

 

ईमेल

 

 
प्रमाणित गर्नुहोस  
verification image, type it in the box

 

प्रतिक्रिया

 

 

 
 

Home | About Us | Contact Us | Feedback | Photo Gallery | Articles | Press Release

©Copyright Reserved by Rastriya Janamukti Party, Nepal. 2007-2008
Best View at 800 x 600 Pixel Resolution